काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । बुधबार काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।
भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए । गत वैशाख १६ बाट जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४गतेबाट सो आदेशलाई थप कडा पारिएको थियो ।
त्यस्तै जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताए ।




प्रतिक्रिया