माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन

माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् ।

काठमाण्डुको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख बिष्णु पुकार श्रेष्ठ चिनको लागि राजदुत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो ।

माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो सरह रहने छन् ।