कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोल्ने

कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोल्ने

नाम ‘उज्यालो नेपाल' र चुनाव चिन्ह ‘बिजुलीको चिम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ राजनीति पार्टी खोल्ने भएका छन् ।

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि नयाँ पार्टी खोल्न लागेका हुन् । त्यसको लागि उनले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने गृहकार्य गरेका छन् ।

सोमबार फेसबुकमा जानकारी सार्वजनिक गर्दै मन्त्री घिसिङले केही ठुला पार्टीले मिडिया ट्रायल र विभिन्न आरोपमार्फत झुक्याउने प्रयास गरेपछि अब स्वतन्त्र रूपमा अघि बढ्ने र वास्तविक परिवर्तन ल्याउने बाटो रोजेको जनाएका छन् । घिसिङका अनुसार पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ।

अध्यक्ष प्रणालीका रूपमा अघि बढ्ने पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुने छ। पार्टीलाई जेनजीको पार्टीका रुपमा प्रस्तुत गर्ने योजना छ।

‘उज्यालो नेपालमार्फत आफ्नो उद्देश्य देशलाई पारदर्शी, आत्मनिर्भर र प्रगतिशील बनाउँछौं’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब देशमा उज्यालो फैलाउने समय आएको छ र नयाँ पुस्तालाई नेतृत्व सुम्पेर नेपाललाई नयाँ दिशातर्फ अघि बढाउने मेरो प्रतिबद्धता छ।’

उनी चुनाव लड्नेबारे हालै सम्पादकहरुसँगको प्रधानमन्त्रीको अन्तरक्रियामा पनि कुरा उठेको थियो ।
कुलमानबारे भने प्रधानमन्त्रीले चुनाव लड्ने कुरा सुनेको भनेकी बताएकी थिइन्। लगत्तै उनले कुलमानको नाम लिएर के छ तयारी भनेर सोधेकी थिइन् ।

प्रधानमन्त्रीले चासो राख्दा कुलमानले भने कुनै प्रतिक्रिया दिएका थिएनन् । अन्तरिम सरकार बन्नुअघि उनी आफ्नै नेतृत्वमा दल बनाउने गरि गृहकार्यमा थिए । त्यसका लागि उनी अमेरिका, युरोपलगायतका देशको भ्रमणमा समेत गरेका थिए ।

बालेन पनि सम्पर्कमा

घिसिङले नयाँ पार्टी दर्ता गर्ने भएपछि काठमाण्डु महानगरका प्रमुख बालेन्द्र शाहसँग पनि छलफलमा छन् । घिसिङलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर आउँदो फागुन २१ गतेका लागि घोषित चुनावमा जाने समझदारी बालेनसँग भएको हो ।

बालेन आफै प्रतिनिधि सभा चुनावको उम्मेदवार हुने छैनन्। तर उनी मेयरकै रुपमा रहने छन् । स्रोतका अनुसार रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुधन गुरुङसहित पार्टीमा आउन इच्छा व्यक्त गरेका छन्।