एमाले प्रवेश गर्न लागेपछि सुदुरपश्चिमका राज्यमन्त्री बर्खास्त

एमाले प्रवेश गर्न लागेपछि सुदुरपश्चिमका राज्यमन्त्री बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारमा रहेका भौतिक पुर्वाधार विकास राज्यमन्त्री कुलबीर चौधरी बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका उनलाई बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाएका हुन् । चौधरी आज नेकपा एस त्याग गरी पुनः एमालेमा फर्कन लागेका थिए ।

चौधरीले मन्त्रीबाट राजीनामा नै नदिई एमालेमा प्रवेश गर्न लागेकाले उनलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवाय स्रोतले जानकारी दियो ।