कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकका नयाँ शाखा

कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकका नयाँ शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ। काठमाडौं महामनगरपालिका–१४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीबाट तथा काठमाडौं महानगरपालिका-३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट सोमबार उद्घाटन भयो।

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ।