सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ?

सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्।

उनले सर्वोच्च अदालतमा आफूलाई कार्यकारी निर्देशकबाट हटाइएको भन्दै सरकारविरुद्ध रिट दायर गरेका हुन् ।

उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। उक्त रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ।

घिसिङले अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत अदालतमा रिट निवेदन पठाएका थिए । रिटमा घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने उनको माग छ ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

घिसिङको कार्यकाल चार महिना बाँकी रहँदा सरकारले पदमुक्त गर्ने निर्णय गरेको हो । पदमुक्त गर्नुअघि सरकारले पटक–पटक घिसिङलाई स्पष्टीकरण सोधेको थियो । घिसिङले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।