जेन–जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता

जेन–जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन–जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबूकमार्फत जेन–जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सरकारले केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेन–जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ बत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान रहेको बताइएको छ ।