काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको बताएका हुन् ।
धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनले बताए । ‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन । पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’, उनले भने ।




प्रतिक्रिया