बालेन र रविको एकतामा कुलमान विलय नहुने, ‘सहअस्तित्व’ खोज्दै उज्यालो नेपाल

बालेन र रविको एकतामा कुलमान विलय नहुने, ‘सहअस्तित्व’ खोज्दै उज्यालो नेपाल


काठमाण्डु – आसन्न चुनावका लागि सहमति गरेर जाने प्रयासमा रहेका बालेन्द्र शाह ‘बालेन’ र रवि लामिछानेको एकतामा कुलमान घिसिङ विलय नहुने भएका छन् ।

घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकतामा ‘सहअस्तित्व’ हुनुपर्ने शर्त राख्दै रास्वपाको एकता प्रस्तावलाई अस्वीकार गरेको छ ।

शनिबार दिउँसो बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्दै एकताका लागि थप छलफल गर्ने निर्णय गरेको छ ।

रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरे पनि उज्यालो नेपाल पार्टीले अस्वीकार गरेको छ । बैठकले पार्टीको नाम र चुनाव चिह्नमा रास्वपाको प्रस्तावमा उज्यालो नेपालले सहअस्तित्व खोजेको छ । अर्थात् पार्टीको नाम र चुनाव चिह्नमा पनि छलफल हुनुपर्ने शर्त राखेको छ ।

बालेन र रविले पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै लिएर निर्वाचनमा जाने तयारी गरेका छन् ।