काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले बुधबार साँझ राजीनामा बुझाएका छन् ।
मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएर सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन मन्त्री घिसिङलाई निर्देशन दिएका थिए ।





प्रतिक्रिया