काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएर ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको राजनीतिक सहमति कार्यान्वयनमा नआएको प्रस्ट पारेका छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले दलको सदस्य भएको भनेर गरिएको प्रचार गलत भएको बताए ।
रास्वापा वा अन्य कुनै पनि दलको आजसम्म पनि सदस्यता नलिएको उनले दाबी गरे । उनले मन्त्री पदबाट राजीनामा दिनु ठूलो कुरो नभएको बताए । उनले राजनीतिमा आत्मसम्मान, नैतिकता र जनताप्रति प्रतिबद्ध हुने भन्दै पदबाट बाहिर रहेर पनि जनताको पक्षमा उभिने बताए ।
११० दिन मन्त्रालयमा रहँदाका प्रगति विवरण सार्वजनिक गर्दै उनले इमान्दारीपूर्वक काम गरेको जिकिर गरे । मन्त्री पदबाट राजीनामा दिनुपरे आफ्नो मान्छे नियुक्ति गर्न दबाब दिएको समाचारप्रति ध्यानाकर्षण भएको समेत बताए ।




प्रतिक्रिया