कुलमान घिसिङको राजीनामा स्वीकृत, अब कुन मन्त्रालय कसको जिम्मा ?

कुलमान घिसिङको राजीनामा स्वीकृत, अब कुन मन्त्रालय कसको जिम्मा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

घिसिङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री सुशीला कार्कीसमक्ष दिएको राजीनामा स्वीकृत भएसँगै ती मन्त्रालयहरूको कार्यभार मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई तोकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई तोकिएको छ । सिन्हाले यसअघि नै कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले सम्हाल्ने गरी तोकिएको छ । शहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री कुमार इङ्नामलाई दिइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयहरूको नयाँ कार्यविभाजनबारे जानकारी दिए ।