उपत्यकाका केही ठाउँमा प्राविधिक समस्या आयो, हामी हेरिरहेका छौं : कुलमान घिसिङ

उपत्यकाका केही ठाउँमा प्राविधिक समस्या आयो, हामी हेरिरहेका छौं : कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनयता ललितपुर लगायत काठमाडौंका विभिन्न स्थानमा झ्याप्प–झ्याप्प बत्ति गइरहने समस्या देखिएको छ ।

झ्याप्प झ्याप्प बत्ती जाने समस्याले उपत्यकामा फेरि पनि लोडसेडिङको समस्या उत्पन्न भएको होकि भन्ने अनुमान लगाउन सकिन्छ । तर उपत्यकामा यसरी बत्ती आउँदै जाने गर्नुलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत पर्याप्त मात्रामा भएको र प्राविधिक समस्याका कारण यस्तो समस्या देखिएको बताए ।
उनले भने, ‘हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउँछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’  ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौंका केही स्थानमा विद्युत जाने आउने गरिरहेको छ ।