कुलमानको पक्षमा कलाकार, चलाए ‘ब्याक आउट’ अभियान


काठमाण्डु – कलाकारहरुले नेपाल विद्याुत प्राधिकरणको कार्यकारी निर्देशकमा कूलमान घिसिङलाई नै पुनः नियुक्त गर्नुपर्ने भन्दै ‘ब्याक आउट’ अभियान चलाएका छन् ।

कलाकार दीपकराज गिरीले कुकलमानको नियुक्तीका लागि दबाब दिन आग्रह गर्दै अन्य कलाकारहरुले पनि समर्थन जनाएका छन् ।

उनले सरकारलाई दबाब दिनका लागि आजबाट हरेक साँझ बत्ती निभाएर ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् ।

‘आदरणिय साथिहरू, कुलमानजीको पुनर्नियुक्तिको लागि जनदबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्ता प्रकट गरौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement