कुलमानको नियुक्तीबारे बाबुरामको टिप्पणीः कस्ता दिन आए…

कुलमानको नियुक्तीबारे बाबुरामको टिप्पणीः कस्ता दिन आए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुर्ननियुक्तीबारे भइरहेको प्रचारमाथि असन्तुष्टी जनाएका छन् ।

बुधबार ट्वीटरमार्फत डा. भट्टराईले कुलमानको कमब्याक स्वागतयोग्य भएपनि प्रचारको शैलीमाथि असनतुष्टी जनाएका हुन् । उनले कुलमानको नियुक्तीमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालको नाम जाेडेर प्रचार भएकोतर्फ संकेत गर्दै यस्तो असन्तुष्टी जनाएका हुन् ।

डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ । बधाई । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए…!’