काठमाण्डु – नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आवश्यकता र जनअपेक्षा अनुसार आफु पुनः आएको बताएका छन् ।
प्रधिकरणमा कर्मचारीले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन् ।
‘विद्युत प्राधिकरणमा मेरो दोस्रो कार्यकाल सुरु भएको छ । मेरा लागि यो जीवनकै ठूलो चुनौती हो । यो ठूलो चुनौतीलाई स्वीकार गरेर आएको छु,’ उनले भने ।
सबै मिलेर काम गर्दा प्राधिकरण आजको अवस्थामा पुगेको भन्दै कार्यकारी निर्देशक घिसिङले मिलेर प्राधिकरणको शीर उँचो बनाउनु पर्ने बताए । प्राधिकारणमा दोस्रो कार्यकालमा आउनुपर्छ भन्ने आफूलाई नभएपनि जनअपेक्षाअनुसार आफू पुनः आएको उनले बताए ।




प्रतिक्रिया