डोल्पा, मुगु र हुम्लामा चाँडै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ

डोल्पा, मुगु र हुम्लामा चाँडै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् ।

सोमबार काठमाण्डुको  बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताएका हुन् ।  उनले कर्णालीको बिकटका ठाँउहरुमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सबै स्थानमा विद्युत् पुग्ने बताए ।

उनले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामा सवै स्थानमा केन्द्रीय प्रसारणको विद्युत् पुराउने दाबी गरे ।