आफै सफाइमा जुटे मन्त्री घिसिङ

आफै सफाइमा जुटे मन्त्री घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त काठमाण्डुका बानेश्वरस्थित यातायात व्यवस्था कार्यालय सरसफाइमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफै जुटेका छन्।

शुक्रबार यातायात व्यवस्था विभागमा कर्मचारी र सफाइमा खटिएका कर्मचारीसँगै उनी बेल्चा लिएर फोहोर उठाएका थिए ।
भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा उक्त कार्यालय क्षतिग्रस्त भएको थियो।

घिसिङ मन्त्री भएसँगै सरसफाइ र पुनर्निर्माणलाई प्राथमिकता दिएका छन्। उनले आगोलागी र तोडफोडले ध्वस्त सिंहदरबार पनि सरसफाइसँगै रंङरोगन गर्न निर्देशन दिएका थिए।

‘हाम्रो ठाउँ हामी बनाऔँ’ भन्ने नाराका साथ पुनर्निर्माण अभियानले संविधान दिवसको अवसरमा जेन जी आन्दोलनमा जलेको यातायात व्यवस्था विभागमा सरसफाइ गरिएको उनले बताए ।