कुलमान घिसिङविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

कुलमान घिसिङविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरुद्धमा परेको रिटमाथी आज सुनुवाई हुँदैछ ।

घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजालसमा पहिलो नम्बरमा तोकिएको छ । यसअघि पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको थिएन । भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए ।

मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८ साउन २५ मा उनलाई त्यहाँबाट हटाएर जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो ।

त्यस्तै साउन २५ मा घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ती ‘बदर गरिपाँउ’ भन्दै सर्वोच्चमा साउन ३२ गते रिट दिएका थिए ।