काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकालमा उज्यालो ल्याउन आफु सफल भएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सवको अवसरमा बोल्दै दिर्नेशक घिसिङले अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै प्राधिकरणलाई गएको चार वर्षमा प्रतिष्ठित संस्थाका रुपमा उभ्याउन सफल भएको बताएका हुन् ।
यो सफलतामा प्राधिकरणका कर्मचारीदेखि सरकारसम्मको साथ र सहयोग रहेको भन्दै बताउँदै उनले चार वर्षअघि ३४ अर्बको सञ्चित नोक्सानीमा रहेको संस्था अहिले ४ अर्ब ८७ करोड सञ्चित नाफा कमाउन सफल भएको बताए ।
‘अध्याँरोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ, यो हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धी हो । चार वर्ष अघि हामी अँध्यारो मात्र होइन, कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा थियौं । गएको वर्ष मात्र हामी सबैभन्दा बढी कमाउने सार्वजनिक संस्थान भएका छौं,’ उनले भने ।
तलब खुवाउनकै लागि मुख ताक्ने अवस्थाबाट प्राधिकरण पूर्वाधार विकासका लागि आफै वित्तीय स्रोत जुटाउन सक्ने हैसियतमा पुगेको उनले बताए । बिजुली चुहावट घटाउन तथा पहुँच विस्तारका लागि अभियानकै रुपमा काम गरिएको र त्यसको प्रभावस्वरुप ८६ प्रतिशत पहुँच विस्तार भएको उनले बताए ।




प्रतिक्रिया