हितेन्द्रदेव मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, कुलमानको नियुक्तीबारे मिसिल झिकाइयो

हितेन्द्रदेव मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, कुलमानको नियुक्तीबारे मिसिल झिकाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध दायर भएको रिटमा मिसिल झिकाउन आदेश दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा तीन दिनभित्र मिसिल झिकाउन आदेश दिएको हो ।

साथै इजलासले हितेन्द्रदेव शाक्यलाई विद्युत विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश दिएको छ ।

शाक्यले कुलमानको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्च अदालतले पहिलो सुनुवाइमा अन्तरिम आदेश नदिइ मिसिल झिकाउन आदेश गरेको हो ।

गत साउन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाउँदै कुलमानलाई पुनःनियुक्ति गर्ने निर्णय गरेको थियो ।