काठमाण्डु – नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनुअघि नै हटाइएका हितेन्द्रदेव शाक्य अदालत जाने भएका छन् । सरकारले उनलाई सोमबार प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो। उनलाई मन्त्रिपरिषदको बैठकले विशिष्ट श्रेणीमा समेत बढुवा गरेको थियो । तर, शाक्य विदा बस्ने तयारीमा छन् ।
विना कुनै कारण उनलाई प्राधिकरणबाट हटाइएपछि उनि अदालत भने जाने भएका छन् । शाक्यले प्राधिकरणमा करिव ३० वर्षभन्दा बढी समय विताएका छन् । प्राविधिक पृष्ठभुमिका उनी सक्षम अधिकारीका रुपमा चिनिन्छन् ।
प्राधिकरणमा कुलनमान घिसिङलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको थियो । घिसिङले आज ११ महिनापछि प्राधिकरणमा पदबहाली गर्दैछन् । उनि यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबावमा उनलाई प्राधिकरणमा दोस्रो पटक नियुक्ती दिइएको हो ।
घिसिंङको पालामा चुहावट नियन्त्रण र लोडसेडिङ अन्त भएको थियो । उनले त्यसको जस एकलौटी रुपमा लिएका थिए । तर, उर्जा क्षेत्रका अधिकारी भने घिसिंङ एक्लैको पहलमा त्यो सम्भव नभएको बताउंछन् । उनको कार्यकालमा पिपिए गर्दा आर्थिक लेनदेन भएको आरोप भने लाग्ने गरेको छ ।
कुलमानको पहिलो कार्यकालको अन्ततिर समेत ६० भन्दा बढी कम्पनीहरुको पिपिए भएको थियो ।
शाक्य निकट स्रोतले न्यायका लागी उनि चांडै अदालत जाने तयारी रहेको बतायो । शाक्यलाई एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुंदा प्राधिकरणमा ल्याइएको थियो ।




प्रतिक्रिया