कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले हालेको रिटमाथि बुधबार सुनुवाई हुने

कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले हालेको रिटमाथि बुधबार सुनुवाई हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि बुधबार सुनुवाई हुने भएको छ ।

शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । कार्यकारी अधिकृत घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो । तर उनी सर्वोच्च पुगेका हुन् ।