काठमाण्डु- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले राजीनामा नदिने भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले गत भदौमा ३ वर्षका लागी कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबावमा सरकारले कुलमान घिसिङलाई ल्याउन उनलाई पदबाट हटाउन लागिएको हो । घिसिङ प्रचण्डसंग निकट छन् ।दाहालको मुख्य व्यवस्थापक भएकाले घिसिङलाई प्राधिकरणमा ल्याउन लागिएको हो ।
उनले लोडसेडिङ अन्त गरेको जस लिएपनि खासमा त्यसमा उनको मात्र एकल भुमिका थिएन । ढल्केवरको प्रशारण लाइन बन्नुका साथै भारतबाट विजुली खरिद गर्ने तत्कालिन सरकारको निर्णयका कारण देशमा लोडसेडिङको समस्या हटेको थियो । तर, घिसिङले लोडसेडिङ हटाएको जस लिएका थिए । त्यसको बलमा उनले प्राधिकरणमा आफुखुसी गर्दै आएका थिए । घिसिङविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । त्यसको छानविन समेत अहिले चलिरहेको छ ।
शाक्यले आफ्नो राजीनामा मागेको बारे बुधबार औपचारिक धारणा राख्ने भएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नभई ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो राजीनामा माग गरेको भन्दै राजीनामा नदिने मानसिकता बनाएको स्रोतको दावी छ ।
माओवादी नेतृ भुसाल ऊर्जा मन्त्रालयमा आउने वित्तिकै शाक्यलाई हटाउने तयारी भएको हो । ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा गर्न दबाव दिने, नदिएको खण्डमा अन्यत्र सरुवा गरेर घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी गरेको स्रोतको दावी छ ।शाक्यले राजीनामा नदिए उनको कार्यक्षमतामा प्रश्न उठाएर हटाउने तयारी मन्त्रालयको छ । तर,त्यो अवस्थामा शाक्य अदालत जाने मुड बनाएको निकट स्रोत बताउंछ ।
उर्जामन्त्री भुसालले घिसिङलाई प्राधिकरणमा ल्याएर चर्चामा आउंन खोजेकी छन् । घिसिङको गत भदौ २८ मा कार्यकाल सकिएपछि उनको नियुक्तीको लागी उनले सड्कमा आन्दोलन गर्न समेत लगाएका थिए । तर, तत्कालिन प्रधानमन्त्री ओलीले उनको कार्यकाल दोस्रो पटक थप नगरेपछि उनी विदा भएका थिए ।
प्रधानमन्त्रीमा देउवा नियुक्त भएसंगै घिसिङ प्राधिकरणमा आउंन लविङमा लागेका छन् । उनले त्यसका लागी माओवादी नेताहरुको घरदैलो गरिरहेको स्रोतको दावी छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत त्यतिवेला उनको म्याद थप्न खोजेका थिएनन । हाल अर्थमन्त्री रहेका नेता जनार्दन शर्मासंग समेत उनको सुमधुर सम्बन्ध नरहेको बताइन्छ ।




प्रतिक्रिया