युवासंघबाट निलम्बित कुलुङले भनिन् – राजनीतिक प्रतिशोध साँधियो

युवासंघबाट निलम्बित कुलुङले भनिन् – राजनीतिक प्रतिशोध साँधियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवासंघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।

‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको थिएँ । कारबाही गर्न खोजेको चाहिँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन् ।

उनी युवासंघको १०औं राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टीमबाट विजयी भएकी थिइन् । पुरीको टीमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोप समेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिइन् ।

‘उहाँहरूले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्‍यो भन्ने कुरासँग जोडेर उहाँहरूले धेरै प्रोपोगाण्डा अपनाउनुभएको छ । मैले उहाँहरूलाई योसम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रूबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरूले प्रमाण पुर्‍यादिनुपर्‍यो,’ उनले भनिन् ।

उनले षड्यन्त्र गरेर आफ्नो राजनीति सकाउने प्रयास गरिएको बताइन् ।