विभागको महानिर्देशकमा दाहाल नियुक्त

विभागको महानिर्देशकमा दाहाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि विभागमा दाहाललाई नियुक्त गरिएको हो ।

दाहालले बिहीबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । उनी यसअघि यातायात व्यवस्था विभागमा महानिर्देशकका रुपमा कार्यरत थिए ।

नवनियुक्त महानिर्देशक दाहालले आफू विभागमा आएसंगै यसअघिका महानिर्देशक भुसालले अघि बढाएका कामलाई निरन्तरता दिने प्रतिक्रिया दिए ।