आयोगको प्रारम्भिक निष्कर्ष: विप्लवका जिल्ला इन्चार्जकाे ‘इन्काउन्टर’ होइन

आयोगको प्रारम्भिक निष्कर्ष: विप्लवका जिल्ला इन्चार्जकाे ‘इन्काउन्टर’ होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ।

आयोग सदस्य सुदीप पाठक नेतृत्वमा सर्लाही गएको टोलीले सर्लाहीमा दोहोरो भिडन्त पुष्टि गर्न नसकिएको बताएको हो। यद्यपि, गृहमन्त्री रामबहादुर थापाले मंगलबार मात्र संसद पौडेल इन्काउन्टरमै मारिएको र छानबिन गर्नुपर्ने कारण नरहेको जिकिर गरेका थिए। साेमबार मात्र संसदकाे राज्य व्यवस्था समितिले घटनाकाे प्रतिवेदन ७ दिनभित्र पेश गर्न निर्देशन दिएकाे थियाे।

आयोगको टोलीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। पौडल गत असार ५ गते सर्लाहीको लालबन्दीमा मारिएका थिए।