काठमाण्डु – कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई बिहीबार दशैंको टीका लगाइदिएकी छन् ।
हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले बिहीबार बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन् ।
जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ । (नेपाल न्यूज बैंक)







प्रतिक्रिया