काठमाण्डु- शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको दाबी गरेकी छन् ।सोमबार बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गरेकी हुन् ।
उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उनले जानकारी दिइन् । समितिले मन्त्री राईलाई बोलाए पनि राज्यमन्त्री कुमारी गएकी हुन् ।
उपकुलपतिका लागि दरखास्त माग गर्दा परेको ४३ जनाको आवेदनमध्ये १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा विवादमा परेपछि समितिले सोमबार शिक्षामन्त्री राईलाई डाकेको थियो । तर,समिति बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी हुन् ।




प्रतिक्रिया