कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता, उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता, उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्युनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुकासाथै २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने भएको हो ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजार सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ । दीगो आर्थिक विकासकालागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जिवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन्।

कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घगरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको ‘कुमारी गज्जब बचत खाता’  नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ।