बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कुमारी बैंक लिमिटेडले युएसएआईडीसँगको साझेदारीमा “देशै भरि वर्षै भरि” अभियानअन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

बेलबारी नगरपालिकासँगको समन्वयमा आयोजित प्रशिक्षण स्थानीय उद्यमीहरुको वित्तीय ज्ञान, सिप, मनोबल र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ सम्पन्न गरिएको हो।

बैंकले वित्तीय साक्षरता प्रवर्द्धनका लागि पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियो र सचेतनामूलक कार्यक्रमहरूमार्फत जनचेतना फैलाउँदै आएको छ।

उद्यमशीलताको विकासले आर्थिक समृद्धि र राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

२३ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले ३०२ शाखा, ३१९ एटिएम र ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ्ग इकाईहरूमार्फत् अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा थप उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ।