काठमाडौं – कुमारी बैंक लिमिटेडले काठमाडौं महानगरपालिका.–१ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कम्प्युटर वितरण गरेको छ ।
बैंकले विपन्नवर्गका बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी श्री तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको छ ।
गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री राजिव गिरीले विद्यालयका प्रधानाध्यापक श्री मान बहादुर खड्कालाई उक्त सहयोग हस्तान्तरण गरे । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया