कुमारी बैंकको भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई सहयोग

कुमारी बैंकको भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेडले पाल्पास्थितश्री भैरव नव दिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ।

यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केहीथान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोगगरेको छ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालनअधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधिमानार्थ रथी यादवबहादुर रायमाझीलाई हस्तान्तरण गरे।

यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पु¥याउनु रहेको बैंकले जनाएको छ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तर दायित्व अन्र्र्तगत विभिन्न क्षेत्रमा अझै सेवा मूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ।