कुमारी बैंकका ग्राहकहरुलाई पोखरास्थित टिका रिसोर्टमा आकर्षक छुट

कुमारी बैंकका ग्राहकहरुलाई पोखरास्थित टिका रिसोर्टमा आकर्षक छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कुमारी बैंक लिमिटेड र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट\क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २०% सम्मको, बसाईमा आकर्षक छुट लगायत सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशक टीका पौडेलले हस्ताक्षर गरेका छन् ।सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल तथा रिसोर्टतर्फ आकर्षण बढ्ने तथा सोही रिसार्टे बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।