चाडपर्वको सु–अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

चाडपर्वको सु–अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवासुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको हो ।

कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाज्यूले बताए ।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख श्री अनिष ताम्राकारले व्यक्त गरे ।

यस अभियान अन्तर्गत बडा दसैँमा पाँच दिन, तिहारमा तीन दिन तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्ने जनाएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।