कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । बिहीबार बिहान अज्ञात समूहले इमेलमार्फत बैंककको सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।

धम्कीपूर्ण इमेल आएपनि अहिलेसम्म बैंकिङ प्रणालीमा कुनै समस्या देखिएको छैन् । सो इमेलपछि बैंकले आफ्नो बैंकिङ प्रणाली बन्द गरेर यसको सूचना नियामकीय निकाय राष्ट्र बैंकलाई दिएको छ ।

साउदी ग्रुप अफ कम्पनीको नाममा आएको इमेलमा पैसा ह्याक गरेर लैजाने चेतावनी दिइएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सिस्टम ह्याकको चेतावनी आएको जानकारी कुमारी बैंकले दिएपछि कोर बैंकिङ सिस्टम बन्द गरे पनि अहिले खुलाइएको बताए ।