कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई बुधबारदेखि लागू हुने गरी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । गतवर्ष साउनदेखि खाली रहेका सीइओ पदमा खनाल कामू सीइओको रुपमा कार्यरत थिए । कामूको भरमा चलाएको कुमारीले ९ महिनापछि खनाललाई सीइओ बनाएको हो ।

कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । तत्कालिन कामू सीइओ रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका थिए ।