कुमारी बैंकद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्धभत्ता वितरण

कुमारी बैंकद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्धभत्ता वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको हो ।

यही वैशाख १५ गते कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु¥याउने कार्य गरेको थियो ।