काठमाडौं – कुमारी बैंक लिमिटेड र सम्यक डाइग्नोष्टिक प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो ।
सम्झौतामा कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा।केयुर गौतमको हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्र अनुसार ग्राहकले सम्यक डाइग्नोष्टिकका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट चार्ड मार्फत भुक्तई गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिटेडका ग्राहकहरुले डेबिटरक्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया