कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा आफ्ना शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

सोही अवसरमा नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले आफ्नो पुतलीसडक शाखामा आयोजना रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् ।

हालसम्म आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे बैंकले सम्पूर्ण रक्तदाताको अमूल्य योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।