कुमारी बैंकको अगुवाईमा बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाका लागि सहवित्तीयकरण सम्झौता

कुमारी बैंकको अगुवाईमा बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाका लागि सहवित्तीयकरण सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत बझाङ माथिल्लो सेती जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन भएको छ ।

बझाङको साइपाल गाउँपालिका ४ र ५ मा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणको लागी वित्तीय व्यवस्थापन भएको हो ।

कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सह–नेतृत्व, माछापुच्छे« बंैक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बंैक, नेपाल इन्भेस्टमेन्ट मेगा बंैक, प्रभु बंैक, नेपाल एसबिआई बैंक, एन आइ सी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइ.सि.एफ.सि. फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ ।

शुक्रबार काठमाण्डुमा आयोजित एक समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष श्री शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे ।

करीब रू. ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र उचित परिश्रम अध्ययन समेत सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य सहित अघि बढाइएको छ ।

आयोजनाबाट वार्षिक १ हजार २२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

कुमारी बैंक लिमिटेड, नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्ये एक, हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य उर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिवद्धता सहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान प्रदान गरेको छ ।