काठमाण्डु– कुमारी बैंक लिमिटेड र भारत नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड) बीच सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई इनपेशेन्ट तथा आउट पेशेन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।
विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।




प्रतिक्रिया