कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबीच सम्झौता

कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेड र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

शुक्रबार कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स-रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाटसेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।