काठमाडौं– कुमारी बैंक लिमिटेडले नविन परिवार सुरक्षा बचत खाता ल्याएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ सार्वजनिक गरेको हो ।
बैंकद्धारा सार्वजनिक सो खाता नेपालमा अहिले सम्मकै पहिलो र नयाँ अवधारणको खाता रहेको बैंकले दाबी गरेको छ । उक्त खाताबाट परिवारका एक सदस्य बुवा वा आमाको नाममा बचत खाता खोल्दा खातावालासहित परिवारका अन्य तीन जनाको स्वतः बीमा हुने छ ।
यस खाताबापत परिवारको एक खाताबाट ४ सदस्यले १० घातक रोगको ५ लाखसहित अधिकतम २६ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । त्यसका लागि बीमा बापत लाग्ने शुल्क सबै बैंक आफैले तिरिदिने बैंकको भनाई छ ।
साथै खातावाला दम्पतीलाई १०–१० लाखको आकस्मिक दुर्घटना बीमासहित पूर्ण शारीरिक अशक्तता बीमा समेत समावेश गरिएको बैंकले जनाएको छ । यसका अलवा परिवारका चारै सदस्य अस्पताल भर्ना हुनुपर्ने भएमा औषधिउपचारार्थ रु एक लाखको बीमा समेत उपलब्ध गराईने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसका लागि खातावालाले खातामा न्यूनतम रु १० हजार नघटाई डिपोजिट राखिराख्नु पर्ने छ ।
यो खाता खोल्दा बोनसको रुपमा बैंकले पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, डेबिट(एटीएम) कार्ड लगाएतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ । हाल कुमारी बैंकले देशैभरबाट एक सय शाखा, ९१ एटिएम बुथ, तीन एक्सटेन्सन काउन्टर तथा तीन शाखारहित बैंंकिङ्ग ईकाइहरुमार्फत सेवा प्रवाह गरिरहेको छ ।




प्रतिक्रिया