महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।

कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको जनाएकाे छ ।

कुमारी बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुलश्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतकालागीआफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरुको सरहना स्वरुपउक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।