कुमारी बैंक ‘एक्सिलेन्स् इन इकमर्स बिजनेस २०२२’ अवार्डबाट सम्मानित

कुमारी बैंक ‘एक्सिलेन्स् इन इकमर्स बिजनेस २०२२’ अवार्डबाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्सी इन इकमर्स बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड दिएको हो।

भदौ १५ मा भिसाले गरेको ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनका दौडान बैंकलाई अवार्ड प्रदान गरिएको हो।

बैंकले गरेको इनोभेटिभ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा हासिल गरेको कारण यो अवार्ड पाएको बैंकले जनाएको छ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।