कुमारी बैंक र केजियच ग्रूपबीच सम्झौता

कुमारी बैंक र केजियच ग्रूपबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कुमारी बैंक लिमिटेड र केजियच ग्रूपबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय शील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत केजियच ग्रूप , अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ ।

बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुले उक्त केजियच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।