कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना सार्वजनिक

कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेडले शेयर खरिदका लागी सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ  कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागी सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यस कर्जा मार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्नेछन् ।
उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ ।

हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।  शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याईएको बैंकले जनाएको छ ।

साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयरबजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याईएकोे हो ।  ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिंग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि अत्याधुनिक एवं प्रभावकारी बैंकिंग सेवासुविधाहरु दिदै जाने प्रतिवद्धता जनाएको छ ।