काठमाण्डु – आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका तर्फबाट नारायणगढका शाखाप्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा.विशाल सापकोटाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्र अन्तर्गत चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमाअझ सरल, सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया