काठमाण्डु मेडिकल कलेजसँग सहकार्य गरी कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण

काठमाण्डु मेडिकल कलेजसँग सहकार्य गरी कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कुमारी बैंक लिमिटेडले कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाण्डु मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पिसिआर परीक्षण क्याम्प” आयोजना गरेको छ।

सो क्याम्प यहि असोज १९ गते काठमाण्डुको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको बैंकले जनाएकाे छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पिसिआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएकोछ ।

काेराेना भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाण्डु मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले भने, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं । ”